Logo

भारतीय विदशमन्त्री जयशंकरसँग परराष्ट्र सचिव लम्सालको भेट



भारत, १५ फागुन । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा.सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छन् ।

प्रतिक्रिया दिनुहोस्