Logo

भारतको थन्डरबोल्टलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा प्रवेश



काठमाण्डाै, २९ माघ ।  भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा ब्ल्याक बुल्सले थन्डरबोल्टलाई ३–० गोलले हरायो ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका थिए । पहिलो सेमिफाइनलमा भोलि पुलिस र चर्च ब्वाइज खेल्नेछन् । दोस्रो सेमिफाइनलमा पर्सि फागुन १ गते ब्ल्याक बुल्सले थ्री स्टार खेल्नेछन् । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्