Logo

भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो



काठमाडौं, २५ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा पुर्‍याउँदा आठ जनाको ज्यान गइसकेको र अरू सात जनाको उपचार भइरहेको जानकारी दिनुभएको छ ।

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्