नयाँदिल्ली, २२ साउन । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् ।
शनिवार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।
बीजेपी नेतृत्वको एनडीए उम्मेदवार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले केबल १८२ मत प्राप्त गरे । जगदीप धनखर सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठुलो मतान्तरले विजयी भएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाई तथा शुभकामना दिएका छन् । धनखर बङ्गालका पूर्व राज्यपाल समेत हुन् ।







