भारत, २५ पुस । भारतको लखनउमा भएको दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुने नेपालीमा कैलालीको टीकापुरका रहेका छन् । दुई पुरुष र एक महिलाको ज्यान गएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेको परिचय खुलेको छैन ।
अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ । दुर्घटनामा १४/१५ जना घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।







