Logo

भारतको वायु प्रदूषण नेपाल भित्रियो



काठमाडौँ, २९ कार्तिक । छिमेकी मुलुक भारतको वायु प्रदूषण नेपाल भित्रिएको छ ।

दिल्लीको प्रदूषण फैलाउने वायु पश्चिम नेपालबाट केहीदिन अघिदेखि नै प्रवेश गर्न सुरु भएको र यो क्रम जारी रहने भएकाले काठमाडौँ पनि यसको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

पश्चिमबाट प्रवेश गरेको उक्त विषाक्त हावा उपत्यकामा जमेर बस्ने भएकाले जोखिममा रहेको जनस्वास्थ्यविद् डा.समिर मणी दिक्षितले बताए ।

दूषित हावाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए। विषेशगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरु वायु प्रदूषणबाट बढी प्रभावित हुने जनस्वास्थ्यविद् दीक्षितले बताएका हुन् ।

चिसोको समयमा प्रदुषण बढी हुने भएकाले बिहान मर्निङवकमा नजानसमेत उनले आग्रह गरे । यतिवेला काठमाडौँमा वायु प्रदूषण मध्यम खालको रहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्