भारत, २७ मङ्सिर । भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका वेला एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ ।
संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए ।
सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदेलगत्तै उनीहरुले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए । यसबाट सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो ।
हंगामा मच्चाउने दुवै जनालाई सांसदहरुले नियन्त्रणमा लिएका छन् । हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।







