भारत, ६ फागुन । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी-३ प्रक्षेपण गरेको छ ।
मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शनिबार बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ ।
इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।
दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ ।