Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ



भारत, १ साउन । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको हो ।

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्