काठमाडौँ, ३० असोज । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।
निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ ।
यसले डिजेलमा रु ६.३४ (प्रति लिटर घाटा रु १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु ३२५.४४ प्रति सिलिण्डर घाटा (रु ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।