Logo

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो



काठमाडौँ, ५ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।

यसअनुसार, बिहिवार १६ तारिखमा नयाँ मूल्य सूची आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्