Logo

भारतमा अग्नीपथ योजनाको हिंसात्मक विरोध, इन्टरनेट र रेल सेवा बन्द



काठमाडौँ, ४ असार । भारत सरकारले घोषणा गरेको अग्निपथ योजनाको हिंसात्मक विरोध भएपछि उत्तरप्रदेश सरकारले दुई महिनाका प्रदर्शनमा प्रतिवन्ध लगाउने आदेश जारी गरेको छ । सरकारले बिहारका १२ जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ ।

बिहार, उत्तरुप्रदेश र तेलंगाना राज्यमा अथ्नीपथको विरोधमा हिंसात्मक घटना भएका छन् । प्रदर्शनकारी युवाले दर्जनौं रेल, रेल्वे स्टेशन, सवारीसाधन, कार्यालय टोडफोड र आगजनी गरेका छन् । विहारका कतिपय स्थानमा सत्तारुढ भारतीय जनाता पार्टीका कार्यलय तोडफोड र आगजनी गरेका छन् । प्रदर्शन हिंसात्मक भएपछि उत्तरप्रदेश सरकारले धारा १४४ लागू गरेको हो भने बिहारमा इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको हो । हिंसात्मक घटना बढ्द्रै गएपछि उत्तरप्रदशे र बिहार हुँदै चल्ने रेल सेवा प्रभावित भएका छन् । यस क्षेत्रका दजनौं रेल बन्द भएका छन् भने कयौंका रुट परिवर्तन भएको भारतीइ सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारका १२ जिल्लामा इन्टरनेट र टेलिकम सेवाहरू आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन् । बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।

यी जिल्लाहरुमा असार १७ देखि जेठ १९ गते दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल्लामा इन्टरनेट र टेलिफोन, मोबाइल सेवा एकैसाथ बन्द गर्ने निर्णय गरेको यो पहिलो पटक हो । सरकारको यो निर्णयअनुसार १२ जिल्लामा दुई दिनका लागि इन्टरनेट, टेलिफोन, मोबाइललगायतका सामाजिक सञ्जालका धेरै प्लेटफर्म एकैपटक बन्द गरिएको छ ।

सरकारले भारतीय सेनामा चार वर्षसम्मका लागि मात्र जवान भर्ना गर्ने गरी ल्याएको अग्नीपथ योजनाको चर्को विरोध हुँदै आएको छ । सेनामा भर्ना हुने युवा चार वर्ष पछि वेरोजगार हुने भन्दै युवाले आपत्ति जनाएका छन् । बिहारमा सबैभन्दा बढी युवाहरु हिंसात्मक विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्