काठमाडौं, १२ असोज । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो । टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मूच्र्छा परेको देखाइएको थियो ।
राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै ५० भन्दा बढी मानिस घाइते भएका बताए ।
राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।
भनेका छन् ।