
भारत, ११ भदौ । भारतको पश्चिम बङ्गालको उत्तर-२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ ।
विस्फोटमा परेर कम्तिमा सात जनाको ज्यान गएको छ । अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।







