Logo

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने



भारत, १६ वैशाख । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् ।

गएको फागुन ३ गते राति आफ्नै निवास काठमाडौँ को बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए । उनी भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् ।

भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ । उनी उपचारपछि भोलि बेलुका काठमाडौँ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।

भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्न र हिँड्न थालेका छन् । आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्