Logo

भारतमा गोली हानी पत्रकारको हत्या



भारत, २ भाद्र । भारतको पूर्वी राज्य विहारमा शुक्रबार पत्रकारको हत्या भएको छ ।

राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान अज्ञात बन्दुकधारीले ढोका ढकढक्याएर उनलाई बोलाई छातीमा गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारका अनुसार घटनास्थलमै यादवको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्