भारत, २० असोज । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।
भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
२१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ ।