Logo

भारतमा डुङ्गा डुब्दा २१ जनाको ज्यान गयो



भारत, २५ वैशाख । भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ ।

केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन । केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्