भारत, २३ जेठ । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो ।
बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ ।