भारत, २६ असार । भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ ।
सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए ।
उनका अनुसार उनीहरु सोमबार बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए ।
श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।







