भारत, ८ भाद्र । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ ।
बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे हो ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।
पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।







