Logo

भारतमा प्रहरी चढेको गाडी दुर्घटना: ६ जनाको ज्यान गयो



भारत, २७ साउन । भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ ।

हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो ।

ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा तीन जना प्रहरी घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्