Logo

भारतमा फेरि कोरोना सङ्क्रमण बढ्दै



भारत, २३ जेठ । भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा मात्र आइतबार १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । भारतमा आइतबार ४ हजार २ सय ७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्