भारत, १९ असोज । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो ।
स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ । प्रहरीले २० ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ।
उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको थियो ।