Logo

भारतमा रहेकाे बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी



भारत, ५ फागुन । भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ ।

भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा बिहीबार, बुधबार र मङ्गलवार निरन्तर खानतलासी गरेका हुन् ।

यो विषयलाई बीबीसीले सकेसम्म चाँडो समाधान हुनुपर्नेमा जोड दिएको छ । साथै कुनै पनि डर त्रास वा कसैको पक्ष नलिइकन आफ्नो रिपोर्टिङ जारी रहने जनाएको छ ।

बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो ।

वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्