Logo

भारत रेल दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुग्याे



भारत, २० जेठ । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ ।

यस्तै ९ सय भन्दा बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो ।

बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि तीन डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा चार वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्