Logo

भारतमा रेल दुर्घटना: १३ जनाको मृत्यु



भारत, १३ कात्तिक । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पताल र गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्