Logo

भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु



आसाम, १ बैशाख । भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । ३५ जना बिरामी परेका छन् ।

आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको हो ।

गएको सोमवार चार जनाको र मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्