Logo

भारतमा स्कुल बस र कार ठोकिँदा ६ जनाको ज्यान गयो



भारत, २६ असार । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा छ जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

स्कुल बस गलत दिशाबाट आउँदा कारमा ठोकिएको उत्तर प्रदेशको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटना हुँदा बस खाली रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको पनि खबरमा उल्लेख छ । दुर्घटनामा बस चालकको गल्ती रहेकोले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएका कारमा सवार सबै यात्रु एकै परिवारका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्