नयाँ दिल्ली, ३० साउन । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ ।
तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ ।
स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिएका छन् ।
राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उनीहरूले सबैलाई अपिल गरेका छन् ।