Logo

भारतमा ३० जनाभन्दा धेरै सांसद लोकसभाबाट निलम्बित



भारत, २ पुस । भारतको लोकसभामा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद निलम्बित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सांसदहरूलाई हिउँदे अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको हो ।

यसअघि अघिल्लो हप्ता नै १३ जना सांसदलाई लोकसभाबाट निलम्बन गरिएको थियो । विपक्षी सांसदहरूले डिसेम्बर १३ तारिखमा संसदमा भएको सुरक्षा लापर्बाहीको मुद्दा उठाउँदै सोमवार बिहानैदेखि नाराबाजी गरेका थिए । उनीहरूले सुरक्षा लापर्बाहीबारे गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुखले ३० जनालाई निलम्बन गरिएको घोषणा गरेका समाचारमा उल्लेख छ ।

यो कदमको प्रतिपक्षले कडा आलोचना गरेको छ । कांग्रेसका सांसद गौरव गोगोईले भारतीय जनता पार्टी (बीजेपी) ले मौलिक अधिकारलाई कुल्चिइरहेको आरोप लगाएका छन् । लगातारको अवरोधका कारण लोकसभाको बैठक आज स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्