मेलबर्न २४ कार्तिक । भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ ।
बिहीवार भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो ।
भारतले दिएको एक सय ६९ रनको लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायो । उसका लागि एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रन बनाएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायो । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट कोहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जोर्डनले तीन विकेट लिएका थिए ।
अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदो आइतवार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ ।