काठमाडौँ, ३१ भदौ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक-शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी थिइन् ।
अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ-शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो ।