Logo

भारतलाई हराउँदै नेपाल फाइनलमा



बङ्लादेश, २४ माघ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।

यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३-१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्