जिम्बावे, २ भदौ । जिम्बावेसँगकाे पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १० विकेटले विजयी भएकाे छ ।
हरारेमा जिम्बावेले दिएकाे एक सय ९० रनकाे लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा गर्याे । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले ४० ओभर ३ बलमा अलआउट हुँदै एक सय ८९ रन बनायाे । जिम्बावेका लागि रेगिस चकाभाले ३५, रिचार्ड एनगराभाले ३४ र ब्राड इभान्सले नटआउट ३३ रन बनाए । बलिङतर्फ भारतका दीपक चाहर प्रधिश कृष्ण र अक्षर पटेलले तीन/तीन विकेट लिए । यस्तै माेहम्मद सिराजले एक विकेट लिएका थिए ।
याेसँगै भारतले जिम्बावेसँगकाे तीन खेलकाे शृङ्खलामा एक-शून्यकाे अग्रता लिएको छ ।