भारत, २६ कार्तिक । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ ।
बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हो ।
भारतका श्रेयस ऐर १ सय २८ रनमा नटआउट रहे । केएल राहुलले १ सय २ रन बनाए । चौथो विकेटका लागि राहुल र ऐरले २ सय ८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका बास डी लिडले २ विकेट लिए भने रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक-एक विकेट लिएका थिए ।
भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ ।
विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण यसअघि नै पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् ।






