Logo

भारतसँग अस्ट्रेलियाको हार



काठमाडौँ, १० मंसिर । भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई २ सय ९५ रनले पराजित गरेको छ।

दोस्रो इनिङमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाउन सक्यो ।

चार दिन सोमवार सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए । वासिङटन सुन्दरले २, हर्सित राणा र नितिशकुमार रेड्डीले समान १ विकेट लिए।

ट्राभिस हेडले अस्ट्रेलियाका लागि ८९ रन र मिचेल मार्सले ४७ बनाए । एलेक्स केरीले ३६, स्टेभेन स्मिथले १७ र मिचेल स्टार्कले १२ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतले दोस्रो इनिङमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाएसँगै पारी समाप्तीको घोषणा गरेको थियो ।
पहिलो इनिङमा भारतले १ सय ५० र अस्ट्रेलियाले १ सय ४ रन‌‌ बनाएको थियो।

भारतका लागि दोस्रो इनिङमा यशस्वी जैसवाल र विराट कोहलीले शतक पूरा गरेका थिए। ५ टेस्टमा भारतले १-० ले अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्