भारत, ४ असार । भारतले चौँथो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २-२ को बराबरी गरेको छ ।
राजकोटमा गएराति भएको खेलमा भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले २० र क्विनटन डी ककले १४ रन बनाए । भारतका आभेश खानले चार र युजभेन्द्र चाहलले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै हार्दिक पाण्डेयले ४६ रन बनाए । दक्षिण अफ्रीकाका लुङ्गी एनगिडीले दुई विकेट लिएका थिए ।