भारत, १३ असोज । भारतले पहिलो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।
गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भएका थिए ।
दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए ।
त्यस्तै एडिन माक्र्रम २५ तथा वायने प्रनिलले २४ रन जोडे । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २-२ विकेट लिएका थिए ।