काठमाडौँ, २८ मंसिर । भारतीय अभिनेता विवके ओबरोय परिवारसहित नेपाल आइपुगेका छन् ।
बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलमै पत्रकारसँगको कुराकानीमा अभिनेता ओबरोयले पशुपतिनाथ र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने बताए । उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पोखराको पनि भ्रमण गर्नेछन् । नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेको अभिनेता ओबरोयले बताए ।