काठमाडौँ, १५ भदौ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत बिहिवार नेपाल अवतरण गरेकी हुन् ।
उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”,उनले भने, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”
अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रियामा सहभागी हुने शाहले बताए । भदौ १५ गतेदेखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।