Logo

भारतीय ‘नाटु नाटु’ गीतलाई ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि



बेलायत, २९ फागुन । तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ९५ औँ संस्करणको ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि जितेको छ ।

यसअघि ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोबको ८० औँ संस्करणमा बेस्ट ओरिजिनलनसङको अवार्ड जितेको थियो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो ।

चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन् । ‘आरआरआर’ फिल्म एस एस राजामौलीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्