फ्रान्स, २९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ बाट सम्मानित गरेका हुन् । यो फ्रान्सको सर्वोच्च नागरिक सम्मान हो ।
भारतीय प्रधानमन्त्री मोदीले यो सम्मानका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई धन्यवाद दिएका छन् ।
भारतीय प्रधानमन्त्री दुई दिने फ्रान्स भ्रमणमा छन् । भ्रमणकै क्रममा उनलाई यो सर्वोच्च सम्मान प्रदान गरिएको हो । मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।





