भुटान, ९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । उनलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारत-भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले आफू विभिन्न कार्यक्रममा सहभागी हुने उल्लेख गरेका छन् ।