Logo

भारतीय भूमि भएर मानेभञ्ज्याङ जानुपर्ने बाध्यता हट्ने



इलाम, ७ फागुन । इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगर र मानेभञ्ज्याङ जोड्ने सडक निर्माण कार्यले भारतीय भूमि भएर आवतजावत गर्नु पर्ने बाध्यता हट्ने भएको छ ।

पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म १ हजार २ सय मिटिर सडक बनेपछि आवतजावतमा सहज हुने भएको हो । डिभिजन सडक कार्यालयका कार्यालयका इञ्जिनियर सञ्जय गौतमका अनुसार कालोपत्रेसम्मको काम भइरहेको छ ।

बर्खामा आवतजावत गर्न किनै समस्या हुने र हहिउँदमा पनि डेढ किलोमिटर दूरीको गाउँ पुग्न भारतीय भूभाग हुँदै गाडीमा लगभग २ घण्टा लाग्थ्यो । तर सडक निर्माण त्यो बाध्यता भने हट्ने भएको छ ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले भौगोलिक रूपमा कठिन क्षेत्र भएकाले सडक निर्माण गर्न थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, “यहाँ वर्षौँदेखि सडकको अभाव थियो तत्काल समाधान गर्न कैयन प्रयास गरियो । अत्यन्तै कठिन भौगोलिक बनावटका बावजुत हामी सफल भएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्