काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो राखेको बताइएको छ ।