Logo

भारतीय लडाकु विमान दुर्घटना



भारत, १३ साउन । भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । गएराति दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन् ।

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्