Logo

भारतीय विदेश सचिव क्वात्राले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्