Logo

भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौँमा



काठमाडौँ, १९ भदौ । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आएका छन् ।

उनी भारतीय सेनाको विमानमार्फत दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् ।

नेपाल र भारत दुवै देशका सेना प्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्