गुजरात, ८ वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन् ।
उनी बिहीबार गुजरात विमानस्थल ओर्लिएका हुन् । जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्छ पटेलले विमानस्थलमा स्वागत गरेका थिए।
हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ । तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरेको भारतका बारेमा कुनै मुद्दा नउठाउने पीटीआईले जनाएको छ ।